सर्लाही, २६ कार्त्तिक । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी नराखी बस्तु बिक्री गर्ने बीएन को इन्टरप्राइजेजलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।
मंगलबार विभागले १४ वटा फर्म तथा व्यवसायको अनुगमन गरेको थियो । जसमध्ये तीन वटालाई जरिवाना तिराइएको छ भने अन्य ११ वटालाई विभागमा उपस्थित हुन र समान्य निर्देशन दिइएको छ ।
विभागका अनुसार दर्ता प्रमाणपत्र तथा मूल्यसूची नराख्ने मखन गल्लीको लवकुश स्टोरलाई १० हजार रुपैयाँ र ललितपुर टंगालको अनिस खाद्यलाई पाँच हजार रुपैयाँ जरिवाना गराइएको छ ।
यस्तै मखनगल्लीको भिरा ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजातहरू लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
यस्तै अन्य १० वटा व्यवसाय तथा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।
