निर्वाचनअघि धेरै विवादमा रहेको मोकामा निर्वाचन क्षेत्रबाट JDU बाहुबली अनन्त सिंह विजयी भएका छन् ।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी वीणा देवीलाई पराजित गरेका छन् ।

वीणा देवी पूर्व सांसद तथा बाहुबली सुरजभान सिंहकी पत्नी हुन् । आरजेडीबाट उनलाई टिकट दिइएको थियो। यो क्षेत्रमा २५ चरणमा मतगणना सम्पन्न भयो । अनन्त सिंह २९,७१० मतले विजयी भए ।

अनन्त सिंहले मोकामा क्षेत्रबाट जितको नयाँ रेकर्ड बनाइरहेका छन् । उनको यो छैटौँ विजय हो। यसपालि मोकामा क्षेत्र निकै चर्चामा रह्यो, किनकि यहाँ त्रिकोणात्मक प्रतिस्पर्धाको सम्भावना देखिएको थियो ।

लगातार पाँच पटक विधायक भइसकेका अनन्त सिंहको प्रतिस्पर्धा आरजेडीकै बाहुबली सुरजभान सिंहकी पत्नी वीणा देवी र जन सुराज पार्टीका पीयूष प्रियदर्शीसँग थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *