सर्लाही, २८ कार्त्तिक । भदौ २३ र २४ गते हुने जेनजी आन्दोलनलाई संस्थागत गर्ने विषयमा जेनजीहरू एक हुने भएका छन् ।

यसअघि फरकफरक समूहमा रहेर आआफ्नो मागपत्र बुझाएका जेनजी समूहले एक भएर सम्झौताको ड्राफ्ट तयार गरेका छन् ।

जेनजी मुभमेन्ट अलायन्स, सुदन गुरुङ समूहको द काउन्सिल अफ जेनजी र जेनजी फ्रन्टले साझा प्रस्ताव तयार गरेका हुन् ।

‘हामीले लामो छलफलपछि साझा ड्राफ्ट तयार गर्यौँ । आज प्रधानमन्त्रीलाई त्यो म्यान्डेट बुझाउँदै छौँ,’ एक जेनजी अगुवाले भने, ‘अब यसमा सरकार पक्षले पनि केही काम गरेपछि राष्ट्रपतिसँग औपचारिक सम्झौता हुन्छ । यसले हाम्रो आन्दोलनलाई वैधानिकता दिन्छ ।’

यसअघि जेनजी मुभमेन्ट अलायन्स र जेनजी फ्रन्टले छुट्टाछुट्टै प्रस्ताव प्रधानमन्त्री कार्यालयमा बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *