सर्लाही, २९ कार्त्तिक । जनकपुरमा आज पनि सातदलीय गठबन्धनका दलहरूले प्रदर्शन गरेका छन् । सरकार गठन र सभामुखविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् ।

अहिले उनीहरू प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन् ।

सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव लिएर सांसदहरू पुगेको बेला हातपात भएको थियो । सो बीच सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिगए ।

उक्त कदमको विरोधमा सात दलीय मोर्चाले कार्यकर्ता उतारेर शनिबार जनकपुरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा अहिले बाक्लो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *