सर्लाही, ०१ मंसिर । सर्लाही सदरमुकाम मलंगवामा आइतबार विभिन्न ७ दलहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।


नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् । विरोधकर्ता दलहरूले मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको र प्रदेशसभामुखले समेत संविधानविपरीत कदम चालेको आरोप लगाएका छन् ।

यही आरोपसहित असन्तुष्ट दलहरूले शनिबार साँझ मलंगवामा मसाल जुलुस समेत निकालेका थिए । आइतबारको प्रदर्शन सदरमुकाम मलंगवा बजार परिक्रमा गरी शहीद चोकमा आयोजित कोण सभासहित समाप्त भएको प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता संजयकुमार यादवले जानकारी दिए ।

प्रदर्शनमा जसपा, जसपा नेपाल, लोसपा, जनमत पार्टी, राष्ट्रिय मुक्ति मोर्चा, नेपाली कम्युनिष्ट पार्टी लगायतका दलका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *