सर्लाही, ०१ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० बर्षभन्दा पुरानो एम्बुलेन्स प्रयोग नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सार्वजनिक सूचना निकाली १० बर्ष भन्दा पुरानो एम्बुलेन्स प्रयोग गरे सञ्चालन अनुमति दर्ता खारेज हुने भन्दै पुरानो एम्बुलेन्स प्रयोग नगर्न भएको हो ।

मन्त्रालयले एम्बुलेन्स सेवा व्यापारिक रूपमा प्रयोग भएको तथा निर्देशिका विपरीत सञ्चालन गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘स्वास्थ्य संस्थाका नाममा उपलब्ध गराइएका एम्बुलेन्सहरू अस्पताल पूर्व स्वास्थ्य सेवा बाहेक अन्यत्र प्रयोगमा ल्याइएमा कानुनी कारबाही देखि दर्ता खारेजीसम्म हुनसक्छ,’ सूचनामा उल्लेख गरिएको छ ।

यस्तै मन्त्रालयले नेपालबाट भारत लैजानु पर्ने एम्बुलेन्सलले भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गर्न आग्रह गरेको छ ।

भारतीय दूतावासबाट अनुमति लिएका एम्बुलेन्सलाई मात्र भारत आवत-जावत गर्न अनुमति दिइने मन्त्रालयले जनाएको छ ।

एम्बुलेन्स सेवा निर्देशिका, २०८२ मा एम्बुलेन्स पैठारीमा राजस्व छुट, संचालन अनुमति, नवीकरण, अनुगमन तथा अनुमति खारेजका प्रावधान राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *