सर्लाही, ०६ मंसिर । सर्लाही सदरमुकाम मलंगवामा ब्रीज इन्टरनेशल प्रालिको १९ औँ शाखा स्थापना गरिएको छ ।

बैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श र सहयोग पुर्याउदै आएको ब्रीज इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको १९ औँ शाखा मलंगवा नगरपालिका १० स्थित विजडम कोचिङ एण्ड ईन्स्टिच्युटमा हिजो (शुक्रबार) एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई उचित शैक्षिक परामर्शसहित विभिन्न कक्षा तथा अध्ययनका लागि जाने देश तथा विद्यालयको विषयमा जानकारी गराउन शाखा संचालनमा ल्याइएको कन्सलटेन्सीका एक्जुकेटिभ चेयरमेन भुवन गिरीले बताए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य संजय यादवले जिल्लाकै शिक्षास्तर उकास्न विजडम कोचिङले सहजरुपले अनेकौं अवसरहरुको सिर्जना गरीदिएको बताए । कन्सल्टेन्सीहरूको बढ्दो प्रतिस्पर्धामा ब्रिजले विजडम कोचिङलाई सेवामार्फत छुट्टै पहिचान बनाउन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि मलंगवा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत होमप्रसाद घिमिरेले विद्यार्थीहरूलाई सही परामर्श प्रदान गर्दै विदेशमा अध्ययनका लागि पठाउने कार्यमा सजग भूमिका निर्वाह गर्न सुझाव दिएका छन् । यस शाखाले विद्यार्थीको नेतृत्व विकास गरी विदेश पठाउने, भाषा सिकाउने, अध्ययनका लागि भिषा प्राप्त गर्न अघि तथा भिषा प्राप्त गरिसकेपछि ओरियन्टेशन सेमिनार संचालन गर्ने साथै विद्यार्थीहरुका जिज्ञासाहरुको समाधान गर्नेलगायतका कार्य गर्ने विजडम कोचिङका निर्देशक बिरेन्द्र जयसवालले जनाए ।

जयसवालले नै ब्रीज इन्टरनेशनलको मलंगवा शाखालाई नेतृत्व गर्ने बताउदै ब्रीजका एक्युजेटीभ चेयरमेन गिरीले ब्रीजले बिशेष गरेर क्यानाडा, अस्ट्रेलिया, युके, जापानलगायतका देशमा अध्ययनका लागि जाने बिद्यार्थीलाई शैक्षिक परामर्श तथा भाषा सिकाउने गर्ने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *