General view shows heads of state at the start of a G20 Leaders' Summit plenary session at the Nasrec Expo Centre in Johannesburg on November 22, 2025. (Photo by Thomas Mukoya / POOL / AFP)

काठमाण्डाैं, ०७ मंसिर । अफ्रिकामा पहिलो पटक जी–२० शिखर सम्मेलन चलिरहेको छ । महत्त्वकांक्षी र दीर्घकालीन चुनौतिमा केन्द्रित एजेन्डासहित हिजोदेखि सम्मेलन शुरु भएको हो । तर अमेरिकाले सम्मेलन बहिष्कार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी बहिष्कारले सम्मेलनका एजेन्डा र वातावरणलाई थप जटिल बनाएको छ । डोनाल्ड ट्रम्प प्रशासनले दक्षिण अफ्रिकाले अघि सारेका विविधता, समानता, समावेशीकरण र जलवायु केन्द्रित नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

कूटनीतिक तनाव, बहुपक्षीय आकांक्षा र विश्वव्यापी भू–राजनीतिक विभाजनकाबीच शुरु भएको सम्मेलनबाट विश्वको आर्थिक सङ्कटलाई समाधान गर्ने भूमिकामा प्रश्न उठेको छ । जी–२० मा युरोपेली सङ्घ र अफ्रिकी सङ्घसहित १९ देश छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *