सर्लाही, ०९ मंसिर । सर्लाही सदरमुकाम मलंगवामा आज माछामासु र मदिरा बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
विवाह पञ्चमीको अवसरमा नगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी तथा जीवजन्तुको वध, मदिरा तथा माछामासुको बिक्री–वितरण नगर्न नगरपालिकाले आग्रह गरेको हो ।
नगरपालिकाको प्रशासन शाखाका प्रमुख रामपुकार यादवद्वारा जारी सूचनामा आज एक दिन मदिरा र माछामासु बिक्री नगर्न अनुरोध गरिएको जनाइएको छ ।
यसैबिच, सदरमुकाम मलंगवाका स्थानीयले जनकपुरमा जस्तै विवाहपञ्चमी पर्वको अवसरमा नगर परिक्रमा गराएर प्रतिकात्मक रूपमा राम–सीताको विवाह गर्ने तयारी मिलाएका छन् ।
