सर्लाही, १० मंसिर । नेकपा (एमाले)ले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता बुधबार दर्ता भएको छ ।

एमालेका तर्फबाट नेता महेश बर्तौला र सुनिता बरालले मंगलबार पेस गरेको रिट बुधबार दर्ता भएको बर्तौलाले जानकारी दिए ।

‘हाम्रोतर्फबाट पेस भएको रिट बुधबार दर्ता भएको छ । पेसी मंसिर १७ गतेका लागि तोकिएको छ’, बर्तौलाको भनाइ छ ।

एमालेले रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र  संसद् सचिवालयलाई विपक्षी बनाएर रिट दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *