सर्लाही, १० मंसिर ।  विगतका २५ नोभेम्बरझैँ मंगलबार बिहान पनि देशभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गर्ने तयारी चल्दै थियो । प्रहरी तथ्यांक केलाउँदा महिला हत्या र हिंसाका घटना कहालीलाग्दो छ ।

०७७र/७८ यता पाँच वर्षमा मात्रै एक लाख ५ हजार ७९६ महिला हिंसाका घटना हुँदा ११ सय ५९ महिलाको हत्या भएको छ जसमा १२८ बालिका मारिएका छन् । प्रहरी तथ्यांकअनुसार महिला हत्या कूल हत्याको ३७।७१ प्रतिशत छ । पाँच वर्षमा देशभर ३ हजार ७३ को हत्या भएको थियो ।

पछिल्लो एक वर्षमै महिला हिंसा १२ प्रतिशतले बढेको छ । ०८०र८१ मा २१ हजार ४ महिला हिंसाका घटना हुँदा ०८१र८२ मा २३ हजार ४६७ घटना भएका हुन् । यो १२ प्रतिशतले धेरै हो ।

महिला हत्याका घटना सबैभन्दा धेरै कोशी प्रदेशमा भएका छन् । पाँच वर्षमा कोशीमा २६४ महिलाको हत्या भएको छ । त्यस्तै, मधेसमा २२७, लुम्बिनीमा २०२, बागमतीमा ११२ ९काठमाडौं उपत्यकाबाहेक०, कर्णालीमा १०८, सुदूरपश्चिममा ८४, गण्डकीमा ८२ र उपत्यकामा ७२ को हत्या भएको छ । प्रहरीले काठमाडौं उपत्यकाका घटनालाई बागमतीबाट अलग राखेर तथ्यांक राख्छ ।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता डिआईजी अविनारायण काफ्ले महिला हत्याका घटना बर्षेनि बढ्ने गरेको र त्यसमध्ये पनि कोशी, मधेस र लुम्बिनीमा धेरै रहेको बताउँछन् ।

ती प्रदेशमा महिला हत्याका घटना बढ्नुमा सामाजिक, आर्थिक र प्रविधिजन्य कारण देखिएको उनी बताउँछन् । ‘यी प्रदेशमा आर्थिक असमानता धेरै छन् । समाजमा मादक पदार्थ र लागूऔषध सेवानकर्ता धेरै छन् । यस्ता पदार्थले मानिसलाई उत्तेजित बनाउँछ र सामान्य विवाद पनि हत्यामा बदलिन्छ ।’

महिला आयोगकी अध्यक्ष कमला पराजुली पनि महिला हत्याका घटना मधेस क्षेत्रमा नै धेरै हुने गरेको र यसका पछि आर्थिक तथा सामाजिक कारण मुख्य रहेको बताउँछिन् ।

‘मधेस क्षेत्रमा महिला हिंसा मात्रै होइन, महिला हत्याका घटना पनि धेरै छन् । यसका पछाडि आर्थिक र सामाजिक कारण नै मुख्य देखिन्छ । मधेसमा सानै उमेरमा विवाह गर्ने चलन अहिले पनि छ । दाइजोका समस्या उत्तिकै छन् । जातीय विभेद यो क्षेत्रको अर्को समस्या हो । जसले समाजलाई जोड्ने भन्दा पनि भत्काउनेतर्फ प्रेरित गरिरहेको छ । जसको मारमा महिलाले ज्यान गुमाउनु परेको छ,’ उनले भनिन् ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख डा। पासाङ शेर्पा सामाजिक संरचना, त्यसअनुसारको मूल्यमान्यता, दाइजो प्रथा, जातीय विभेदजस्ता कारण मधेस क्षेत्रमा महिला हिंसा र हत्याका घटना धेरै भएको बताउँछिन् । ‘

मधेस क्षेत्रमा महिला हिंसा र हत्याका घटना धेरै भएको देखिन्छ । चाँडो विवाह गर्ने चलन, दाइजो प्रथा, जातीय विभेद, अन्तरजातीय विवाह लगायतका कारण यस्तो भएको देखिन्छ,’ उनले भने, ‘मधेसको परिवारिक तथा समाजिक संरचनामा महिला र पुरुषबिच शक्तिको सन्तुलन सही देखिदैन ।

महिलाहरू अझै पनि आर्थिक अधिकारबाट बन्चित छन् । जातीय विभेदका घटना उत्तिकै धेरै छन् । मार्जिनलाइज्ड समुह पनि त्यही प्रदेशमा धेरै छन् । जसले समाजमा अनावश्यक द्वन्द सिर्जना गरि दिएको छ र मारमा महिला परिरहेका छन् ।’

पाँच वर्षे प्रहरी तथ्यांकको औसत हिसाब निकाल्दा दैनिक ५७ महिला हिंसाका घटना हुने गरेका छन् । पाँच वर्षमा एक लाख ५ हजार ७९६ महिला हिंसाका घटना भएको प्रहरी तथ्यांक छ । यस्ता कयौं घटना प्रहरीसम्म पुग्नै सकेका छैनन् । ०८०र८१ मा मुलुकभरका प्रहरी कार्यालयमा महिला हिंसाका २१ हजार ४ घटना दर्ता भएका थिए । यो दर ११.७२ प्रतिशतले बढेर ०८१/८२ मा २३ हजार ४६७ पुग्यो । त्यस्तै, ०७९/८० मा २० हजार ९१३, ०७८/७९ मा २१ हजार ४५१ र ०७७र७८ मा १८ हजार ९६१ महिला हिंसाका घटना प्रहरी कार्यालयमा दर्ता भएका थिए ।

महिला हिंसाका घटना तथ्यांकमा बढ्नुमा प्रहरीप्रति सर्वसाधरणको विश्वास र सक्रियता पनि कारण रहेको प्रहरी दाबी छ । विगतमा यस्ता कयौं घटना प्रहरीसम्म आउँदैनथे । ‘तथ्यांक हेर्दा महिला हिंसाका घटना बढेको देखिन्छ । यो भनेको मुद्दा दर्ताको दर बढेको हो । मुद्दा दर्ता बढ्नु भनेको प्रहरीप्रति नागरिकको विश्वास बढ्नु हो,’ प्रहरी प्रवक्ता डिआईजी काफ्ले भन्छन्, ‘उजुरी बढ्नु भनेको नागरिकमा हिंसा भएपछि उजुरी गर्नुपर्छ भन्ने चेतना बढ्नु पनि हो ।’

महिला आयोगकी अध्यक्ष पराजुलीले पनि प्रहरीमा महिला हिंसाका मुद्दा धेरै दर्ता हुनु महिलामा चेतनास्तर बढेको संकेत भएको बताइन् । ‘तथ्यांकले महिला हिंसाको घटना बढेको देखाउँछ । सँगै यसले महिलामा चेतना बढेको पनि संकेत गर्छ । पहिला हिंसालाई समान्या मान्ने चलन थियो । तर, अहिले सहनु हुन्न भन्ने चेतना महिलामा बढेको छ । जसले घटना दर्ता गर्ने दर बढाएको छ,’ उनले भनिन्, ‘प्रहरीप्रति विश्वास बढेर पनि हिंसाका घटना दर्ता गर्ने क्रम बढेको मान्न सकिन्छ । हिंसाका घटना निरुपण गर्ने अधिकार स्थानीय तहलाई पनि छ, तर त्यहाँ घटना दर्तादर कम छ । प्रहरी कार्यालयमा भने ह्वात्तै बढेको छ । यो भनेको प्रहरीप्रति विश्वास बढेकै हो ।’

पाँच बर्षमा बलात्कारका १२ हजार घटना
प्रहरी तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा जबरजस्ति करणीका १२ हजार ५९ घटना भएका छन् । कोशी प्रदेशमा सबैभन्दा धेरै २ हजार ६९१ बलात्कारका घटना भए, जुन समग्र जबरजस्ती करणीको २२.३१ प्रतिशत हो । त्यस्तै, यस अवधिमा लुम्बिनी प्रदेशमा जबरजस्ती करणीका एक हजार ९७१ घटना भए । यो कुल घटनाको १६.३४ प्रतिशत हो । यसै अवधिमा मधेसमा एक हजार ५८६ (१३.१५ प्रतिशत), उपत्यकामा एक हजार ५६६ (१२.९८ प्रतिशत), बागमती प्रदेशमा एक हजार ३६६ (११.३२ प्रतिशत), सुदुर पश्मितममा एक हजार ३६ (८.५९ प्रतिशत), गण्डकीमा ९४५ (७.८३ प्रतिशत) र कर्णालीमा ८९८ (७.४४ प्रतिशत) जबरजस्ती करणीका घटना भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *