सर्लाही, १० मंसिर । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ताको आवेदन दिएर रद्द भएकाहरूलाई ११ मंसिर अर्थात् भोलिसम्म समय दिएको छ ।
५ मंसिरसम्ममा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न आवेदन दिएका तर रद्द भएकाहरूका लागि आयोगले थप समय उपलब्ध गराएको हो ।
आवेदन रद्द भएका व्यक्तिहरूले निर्वाचन आयोगको वेबसाइटमा गएर बिहीबारसम्म पुनः आवेदन फारम भर्न सक्नेछन् ।
पुनः आवेदन दिनका लागि प्रयोगकर्ताले आफ्नो पुरानो आवेदन नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, जन्ममिति र आफ्नो पहिलो नाम (अंग्रेजीमा) प्रविष्ट गरी विवरण बुझाउनुपर्ने आयोगले जनाएको छ ।
