सर्लाही, ११ मंसिर ।  माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।

जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले ‘सुशीलाको पाराले, दु:ख पाए साराले’, ‘सम्पूर्ण जेनजी पुस्ता एक हौं,’ ‘ जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी, ‘ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा’ लगायतका नारा बनाएका पम्प्लेट बोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *