सर्लाही, १२ मंसिर । बाराको प्रसौनी गाउँपालिका–६ मा एक पुरुषको घाँटी रेटेर हत्या गरिएको छ । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर २ निवासी अन्दाजी ४२ वर्षीय राम किशोर सिंहको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।
डीएसपी पण्डितका अनुसार घटनास्थलमा पुगेका प्रहरी टोलीले मुचुल्का उठाउने, प्रारम्भिक प्रमाण संकलन गर्ने तथा स्थानीयवासीसँग बयान लिने कार्य गरिरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको डीएसपी पण्डितले जानकारी दिए । मृतक सिंह प्रसौनीस्थित किरण बिग्रेज नेपाल प्रा।लि का व्यवस्थापक रहेको प्रहरीले जनाएको छ ।
