सर्लाही, १३ मंसिर । भारतको मौसम विभाग (आईएमडी) ले चक्रवात दित्वाहबारे चेतावनी जारी गरेको छ ।

आईएमडीले एक्समा पोस्ट गरेको छ, ‘श्रीलंकाको तट र दक्षिणपश्चिम बंगालको खाडीमा बनेको चक्रवात दित्वाह नोभेम्बर ३० को बिहानसम्ममा उत्तरी तमिलनाडु, पुडुचेरी र दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रहरूमा पुग्ने सम्भावना छ ।’

नोभेम्बर २८ मा जारी गरिएको प्रेस विज्ञप्तिमा चक्रवातका कारण डिसेम्बर १ सम्म तमिलनाडुमा भारी वर्षा हुजे भनिएको छ ।

आईएमडीका अनुसार, यसले नोभेम्बर २९ र डिसेम्बर १ को बीचमा आन्ध्र प्रदेशका केही स्थानमा भारी वर्षा गराउन सक्छ ।

यसैबीच आज केरला, पुडुचेरी र कर्नाटकका केही स्थानमा ३०-४० किलोमिटर प्रतिघण्टाको हावासहित भारी वर्षा हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *