काठमाडौं , १३ मंसिर । हङकङको आवासीय भवनहरूमा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या कम्तीमा १२८ पुगेको अधिकारीहरूले पुष्टि गरेका छन् । उक्त आगलागीलाई ७० वर्षयताकै सबैभन्दा घातक मानिएको छ ।

घटनापछि ती आवासीय भवनहरूको मर्मत-सम्भार कार्यसँग सम्बन्धित थप आठ जना पक्राउ परेका छन् । प्रहरीले यसअघि तीन जनालाई पक्राउ गरेको थियो ।

आगलागीको कारण यकिन भइनसकेको अधिकारीहरूले बताएका छन् । तर, भवनका झ्यालबाहिर टाँगिएका पोलिस्टाइरिन फोम र संरक्षक जालले आगो तीव्र गतिमा फैलिन मद्दत गरेको उनीहरूको भनाइ छ । आगलागीमा ७९ जना घाइते भएका छन् भने कैयौँ व्यक्ति बेपत्ता रहेको एजेन्सीहरू उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *