सर्लाही, १४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले कुनै धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नरहेको बताएकी छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा आफूले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएपछि उनले प्रष्टीकरण दिँदै सबै धर्मप्रति उत्तिकै सम्मान रहेको बताएकी हुन् ।

‘कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन,छैन’ प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *