सर्लाही, १५ मंसिर । मोरङको जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयमा तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगरको महानगरपालिका–३ का ४१ वर्षीय महेश नेपाल, विराटनगर–५ का २६ वर्षीय आवाज पौडेल, विराटनगर–१० का ३२ वर्षीय राजिव यादव, सोही ठाउँका ३७ वर्षीय ताजिम अन्सारी, विराटनगर–११ का २९ वर्षीय अरुण साह र विराटनगर–६ का ५५ वर्षीय बलराम कामत छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो । जेनजी आन्दोलनको क्रममा उनीहरुले तोडफोड र आगजनी गरेको आरोप छ ।

पक्राउ परेकाहरुमाथि आपराधिक उपद्रवको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *