सर्लाही, १७ मंसिर । रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको ईशनाथ नगरपालिका–४ लत्मरी टोलबाट नेपाली १ हजार दरका १ सय १८ थान नक्कली नोटसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा देवाही गोनाही नगरपालिका–४ बस्ने २० वर्षीय अजय पटेल, २१ वर्षीय गेनालाल पटेल र भारत बिहार मोतिहारी पूर्वी चम्पारण–२ कुडवा चैनपुर बस्ने २३ वर्षीय जयप्रकाश कुमार रहेका छन् ।
प्रहरी चौकी मठिया महुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०५ एटि ०९८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
