सर्लाही, १८ मंसिर । ‘हामी नेपाल’का संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बिहीबार नख्खु कारागार पुगेका छन् ।
पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र रवि लामिछानेबीच एकता आवश्यक भएको धारणा सार्वजनिक गर्दै आएका गुरुङले सोही प्रसंगमा लामिछानेसँग संवाद सुरु गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘बालेन र कुलमानको एकतापछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौँ र उहाँको धारणा पनि सुन्नेछौँ ।’
