सर्लाही, २५ मंसिर ।  एक महिनामा आलुको भाउ ४० प्रतिश घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीले एक महिना अवधिमा आलुको भाउ ४० प्रतिशतसम्म गिरावट आएको देखाएको हो ।

एक महिनाअघि २५ कात्तिकमा प्रतिकिलो थोकमा औसत ५९ रुपैयाँ पर्ने रातो आलु हाल ३५.३३ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै एक महिना अवधिमा भारतीय रातो आलुको भाउ प्रतिकिलो औसतमा १६.५७ प्रतिशतले घटेको छ । २५ कात्तिकमा प्रतिकिलो ४३.४७ रुपैयाँमा किनबेच भएको उक्त आलुको प्रतिकिलो भाउ आज ३६.५० रुपैयाँ कायम छ ।

यसैगरी सेतो आलु पनि २०.७३ प्रतिशतले घटेको छ । आज सेतो आलु प्रतिकिलो थोकमा औसत ३२.५० पैसा कायम छ । एक महिनाअघि सेतो आलु प्रतिकिलो ४१ रुपैयाँमा किनबेच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *