सर्लाही, २५ मंसिर ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १६.०५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कुल १ अर्ब ९० करोड रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभा तथा नियामक बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात वितरण हुनेछ ।

हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२२ रुपैयाँ हाराहारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *