सर्लाही, २५ मंसिर । सर्लाहीको बिष्णु गाउँपालिका–६ स्थित प्रहरी चेकपोष्टमा नक्कली नेपाली रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय फेन्हाराबाट खटिएको प्रहरी चेकिङ टोलीले शंका लागेपछि भारततर्फबाट सिमरा हुँदै आउँदै गरेको ON Test स्टिम एक्स मोटरसाइकल रोकेर चेकजाँच गरेका थिए ।

चकजाँच गर्ने क्रममा मोटरसाइकल चालक सर्लाही कौडेना गाउँपालिका–५ छपकैया बस्ने करिब ३० वर्षीय फिरोज खानको पछाडिको खल्तीमा लुकाइराखिएको नक्कली नेपाली रुपैयाँ १,००० का ९५ थान फेला परेको प्रहरीले जनाएको छ ।

नक्कली नोट बरामदसँगै चालक खानलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *