सर्लाही, २७ मैसिर । नेकपा (एमाले)मा मनोनीत महाधिवेशन प्रतिनिधिको विषयमा विवाद देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिमा नाम तय गर्ने भनिए पनि एकलौटी गरिएको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आरोप लगाएको छ । साथै, प्रेस चौतारी नेपालका नेता विश्वमणि सुवेदीले पनि विज्ञप्ति निकालेर असहमति जनाएका छन् ।

‘नेकपा (एमाले)को आजदेखि सुरु हुने महाधिवेशनका सिलसिलामा पार्टीले चलाएको घर फर्क अभियानअन्तर्गत महाधिवेशन प्रतिनिधि भएका १८ जनाको नाममध्ये केही नामप्रति हाम्रो घोर आपत्ति छ ।

पार्टीले तत्कालीन नेकपा एकीकृत समाजवादीमा केन्द्रीय सदस्य रहेकालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको थियो । त्यसअनुसार तत्कालीन पार्टीमा केन्द्रीय सदस्य रहनुभएका १३ जना कमरेड प्रतिनिधि हुनु सर्हानीय छ,’ उनले भनेका छन्, ‘तर, उक्त सूचीका पाँच जना कमरेड केन्द्रीय सदस्य थिएनन् ।

एउटा विधि निर्माण गर्ने र अर्कै निर्णय गर्ने कुरा आफैँ स्वीकार्य छैन । पार्टी नेतृत्वलाई यो जानकारी समयमै दिइएको थियो । यदि केन्द्रीय सदस्य नरहेका व्यक्ति प्रतिनिधि हुने हो भने तत्कालीन समाजवादी प्रेस संगठनलाई प्रेस चौतारीमा फर्काउने नेतृत्वसहितका नेताहरू प्रतिनिधिका दाबेदार हुने भनिएको थियो । तर, तत्कालीन पार्टीको केन्द्रीय सदस्य नरहेका व्यक्तिहरू प्रतिनिधि हुँदा प्रेस चौतारीमा फर्किएका कोही पनि प्रतिनिधि नहुने कुरा खेदजनक छ ।’

विधि एउटा तय गर्ने, तर तत्कालीन नेकपा एकीकृत समाजवादीबाट फर्किएका नेतालाई छुटाइएको भन्दै सुवेदीलीले असन्तुष्टि जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *