सर्लाही, २७ मैसिर । नेकपा (एमाले)को ११औँ महाधिवेशनस्थल सल्लाघारीमा कडा  सुरक्षा निगरानी गरिएको छ । उद्घाटनस्थलको सुरक्षाका नेपाल प्रहरीदेखि एमालेले स्वयम्‌सेवकसमेत परिचालन गरेको छ ।

महाधिवेशनस्थलको सुरक्षाका लागि सुरक्षाकर्मीले घरको छतबाट समेत निगरानी गरिरहेका छन् ।

नेपाल प्रहरीले तालिमप्राप्त कुकुर र बम डिटेक्ररसहितको टोली परिचालन गरेको छ । सभास्थल प्रवेशमा समेत कडाइ गरिएको छ । प्रवेश गेटमा सुरक्षा जाँचपछि सभास्थलमा छिर्न दिइएको छ ।

महाधिवेशनमा तीन लाख सहभागी हुने एमालेले जनाएको छ । भने, १० हजार बढी स्वयम्‌सेवक परिचालन गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *