सर्लाही, २८ मंसिर । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले पाटन हेल्थ ल्याबमा छुट पाउने भएका छन्  ।

छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थका तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गरे  । 

यसअनुसार ललितपुर थसिखेलमा रहेको हेल्थ ल्याबमा बैंकका कर्मचारी तथा ग्राहकले प्याथोलोजी ल्याबका विविध सेवामा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् ।

यो सहयर्काबाट बैंकका कर्मचारी तथा ग्राहक सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *