सर्लाही, २८ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कसैलाई पनि जागिर वा रिक्त स्थानमा नियुक्तिका लागि आफूलाई अनुरोध नगर्न आग्रह गरेका छन् । उनले यस्तो अनुरोध नेपालमा कुशासन र भ्रष्टाचारले जरा गाड्नुको प्रमुख कारण भएको स्पष्ट पारेका हुन् ।
मन्त्री पुनले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेका छन्, ‘कसैले पनि ‘फलानो ठाउँमा यस्तो जागिर वा स्थान खाली रहेछ, लौ न मन्त्रीज्यू भनिदिनुस् न’ भनेर अनुरोध नगर्नुहोला । नेपालमा कुशासन र भ्रष्टाचारले जरो गाडेको प्रमुख कारण नै यही हो ।
