सर्लाही, ०१ पुष । रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’ प्रदर्शनमा आएको ११ दिन भइसकेको छ । फिल्मको कमाइमा लगातार उछाल देखिएको छ । सामाजिक सञ्जालमा पनि फिल्मका कलाकारहरूको अभिनयको खुब चर्चा भइरहेको छ ।

सप्ताहान्तमा उत्कृष्टकमाइ गरेपछि यो फिल्म यस वर्षको तेस्रो सबैभन्दा ठुलो फिल्म बनेको छ। यति ठुलो व्यापार गरे पनि फिल्म अझै पनि दुई अन्य फिल्मभन्दा पछाडि छ । आउँदो सप्ताहान्तमा फिल्मको कमाइमा अझ वृद्धि हुने अनुमान गरिएको छ, जसले गर्दा ‘धुरन्धर’ ती फिल्महरूलाई पनि उछिन्न सक्छ ।

  • ‘धुरन्धर’ले कति कमायो ?

साक्निल्कको रिपोर्टअनुसार, धुरन्धरले ११औँ दिन २९ करोड भारुकमाइ गरेको छ । फिल्मले हालसम्म भारतमा ३७९.७५ करोड भारुकमाइ गरेको छ। वर्ल्डवाइड कलेक्सनको कुरा गर्दा, फिल्मले विश्वभर ५७९.२५ करोड भारु सङ्कलन गरेको छ ।

योसँगै चलचित्र यस वर्ष सबैभन्दा धेरैकमाइ गर्ने तेस्रो फिल्म बनेको छ। यो फिल्म अहिले पनि ‘छावा’ र ‘कान्तारा च्याप्टर १’ भन्दा पछाडि छ । 

वर्ल्डवाइड कलेक्सनको कुरा गर्दा, छावाको कलेक्सन ८०७.९१ करोड भारु र कान्तारा च्याप्टर १ को ८५२.२५ करोड भारु रहेको छ । आगामी दिनहरूमा धुरन्धरले यी फिल्महरूलाई पनि चाँडै पछि पार्न सक्ने अनुमान गरिएको छ ।

धुरन्धर फिल्मको कास्टमा रणवीर सिंह र अक्षय खन्नाका साथै सञ्जय दत्त, अर्जुन रामपाल, राकेश बेदी, सारा अर्जुन प्रमुख भूमिकामा छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *