{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"ai_enhance":1,"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित रंजित यादवको घरमा सोमबार दिउँसो चोरी भएको छ ।

श्रीमान–श्रीमती दुवै जना जागिरे भएका कारण दिउँसो कार्यालय गएको समयमा चोरले घरको ताल्चा फुटाई दराजभित्र राखिएको गरगहना तथा नगद रकम चोरी गरेको हो ।

घरधनी कार्यालयबाट फर्किएपछि चोरी भएको थाहा पाएपछि तत्काल प्रहरीलाई जानकारी गराइएको बताइएको छ । घटनास्थलमा पुगेको प्रहरीले आवश्यक मुचुल्का उठाई चोरीमा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान सुरु गरेको जनाएको छ ।

पछिल्लो समय मलंगवामा दिउँसै चोरीका घटना बढ्दै गएको भन्दै स्थानीयवासीहरूले चिन्ता व्यक्त गरेका छन् ।

स्थानीयवासी तथा प्रहरी प्रशासनले घर बाहिर निस्कँदा ढोका–झ्याल राम्रोसँग बन्द गर्न, छिमेकीसँग समन्वय राख्ने र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन नगरवासीलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *