सर्लाही, ०२ पुष । सर्लाहीको मलंगवा नगरपालिका – १० अन्तर्गत राजदेवी मन्दिर नजिकैको हुलाकी सडक खण्डबाट प्रहरीले अवैध काठ बोकेका तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा ना ७ त २५३०, ना ६ त १७०३ र ज २ त १०६४ नम्बरका ट्याक्टरहरू रोकी जाँच गर्दा विभिन्न प्रजातिका काठ लोड गरिएको फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टर र काठ आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय सर्लाहीमा बुझाइएको छ । ट्याक्टर चालकहरु भने प्रहरी देख्न साथ फरार भएको बताईएको छ। प्रहरीले उनीहरुको खोजि कार्य भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *