सर्लाही, ०२ पुष । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ । एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा सार्वजनिक हुने बताए ।

मतदान स्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा गौतमले मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने बताए ।

‘हाम्रो जम्मा मतदाताहरुको संख्या र भोटिङ मेसिनलाई लाग्ने समयलाई काउन्ट गर्दाखेरी एक जना व्यक्तिलाई एक जना व्यक्तिलाई २० मिनेट लाग्ने र एकपटकमा ८० जनाले भोट खसाल्न पाउने व्यवस्था गरिएको छ,’ उनले भने, ।

यसरी हेर्दा टेन्टेटिभ्ली आठ–साढे आठ घण्टामा हामीले मतदान क्काउँछौं भन्ने तयारी अनुसार, निर्वाचन आयोगले दिएको सूचना अनुसार हामी अगाढि बढेका हौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *