सर्लाही, ०५ पष । सर्लाहीकाे बागमती नगरपालिका–३, मा गोठभित्र लुकाइराखिएको सालका गोलिया बरामद भएको छ ।

स्थानीय निरज घलानको गोठभित्र लुकाइराखिएको अवस्थामा प्रहरीले २२ क्यूफिट सालको काँचो गोलिया बरामद गरेको हो । गोठमा काठ लुकाएर राखिएको सूचना पाएपछि अस्थायी प्रहरी पोष्ट जिरायत र इलाका प्रहरी कार्यालय हरिवनको टोली गएराति त्यहाँ पुगेको थियो ।

सो स्थानबाट सालको सात फिट लामो पाँच थान, चार फिट लामो चार थान र तीन फिट लामो चार थान गरी १३ थान सालको गोलिया बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय मुर्तियामा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *