सर्लाही, ०५ पुष । मधेशमा सात दलीय गठबन्धनबाट जसपा नेपालका प्रदेश सांसद राम अशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तामा प्रस्तावक नेपाली काँग्रेसका सांसद बिरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद फकिरा महतो रहेका छन् ।

मधेशमा रिक्त सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ । भोलि सभामुख पदको लागि निर्वाचन हुने तालिका छ ।

सभामुखका उम्मेदवार यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बा दोस्रो पटक प्रत्यक्ष निर्वाचित छन् । गत मङ्सिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदअनुकूलको आचरण नगरेको अभियोगमा सातदलीय गठबन्धनले दुई तिहाई बहुमतबाट पदमुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *