सर्लाही, ०६ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडिमएस) प्रणालीमा भ्रष्टाचार भएको बताएका छन् । उनले एमडिएमएस प्रणालीभित्र भ्रष्टाचारको जालो बेरिएको भन्दै जालो च्यातेरै छाड्ने बताएका हुन् ।

नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री खरेलले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रणका साथै निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माणमा केन्द्रित रहेको समेत बताए ।

व्यवसायीहरूले एमडिएमएस कार्यान्वयन अलमलमा रहेको भन्दै अन्योलता प्रकट गरेपछि मन्त्री खरेलले यसमा भ्रष्टाचारको जालो बेरिएको र त्यसलाई च्यात्ने बताएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *