सर्लाही, ०६ पुष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन्।

निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा सर्वोच्च अदालतमा रिट दिएका छन्।

सोही रिटमा पक्ष कायम गर्न काँग्रेसका थप सांसदहरूले पनि हस्ताक्षर गरेका छन्।

काँग्रेसका निवर्तमान ८८ जना सांसदहरूमध्ये आइतबार दिउँसोसम्म ६६ जना सांसदहरूले हस्ताक्षर गरेको संसदीय कार्यालय स्रोतले जनाएको छ। 

सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालासहित केही निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन्।

‘निवर्तमान सांसद रहनुभएका सभापति, कार्यवाहक सभापति र महामन्त्रीहरूसहित शीर्ष नेताहरूले हस्ताक्षर गर्नुभएको छैन,’ संसदीय दल कार्यालय स्रोतले भन्यो, ‘हस्ताक्षरको क्रम भने चल्दै छ। शीर्ष नेताहरूले हस्ताक्षर गर्नुहुँदैन होला।’

काँग्रेसले पछिल्लो केन्द्रीय समिति बैठकबाट फागुन २१ को प्रतिनिधि सभा चुनावमा भाग लिने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *