सर्लाही, ०६ पुष । पर्सा प्रहरीले २४० किलो प्रतिबन्धित लागुऔषध चरेशसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ना ३ ख ५०९३ नम्बरको ट्रक चालक महवानपुरको थाहा नगरपालिका– ११ का २९ वर्षीय सरोज मोक्तान र सोही ठाउँका २१ वर्षीय नवराज लो रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ साढे ७ बजेको समयमा वीरगन्ज महानगरपालिका– २२ जगरनाथपुर ढाँट अगाडीबाट उनीहरुलई पक्राउ गरिएको हो।
पर्सा प्रहरीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार विशेष सुचनाको आधारमा ट्रकलाई चेकजाँच गर्दा फल्स बनाई लुकाएको २४० किलो चरेश बरामद भएको हो । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कार्कीले बताए ।
