सर्लाही, १० पुष । जिल्ला सर्लाहीको बलरा नगरपालिका–१० स्थित सुदामा ब्यारेज नजिक भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

स्थानीयले मोटरसाइकल दुर्घटनामा परेका चालक मृत अवस्थामा रहेको देखी टेलिफोनमार्फत प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो ।

प्रहरीको अनुसार म.प्र.०३–०२९ प. ३७४४ नम्बरको मोटरसाइकल सडकको बाँया पट्टि रहेको खेतमा पल्टिएको अवस्थामा फेला परेको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिल्ला सर्लाही रामनगर गाउँपालिका–१ निवासी तेज नारायण राय यादवका छोरा करिब ४५ वर्षीय संजय राय यादव रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *