सर्लाही, १० पुष । सर्लाहीमा चार किलो गाँजासहित एक जना पुरुष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लाको ब्रहम्पुरी गाउँपालिका – २, ब्रहम्पुरी चोकस्थित एक घरमा डेरामा बस्दै आईरहेका ४० बर्षिय रामपृत साहलाई मंगलबार दिउँसो पक्राउ गरिएको हो ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले घर मालिकलाई खानतलासीसम्बन्धी सूचना पुर्जी दिई स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको रोहबरमा रामपृत साह बस्ने कोठाको खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा जेब्रा झोलाभित्र रातो प्लाष्टिकमा र्यापिङ गरी राखिएको अवस्थामा ४ केजी २०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजासहित रामपृत साहलाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *