सर्लाही, ११ पुष । कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया राजनीतिमा आउने भएका छन् । उनी निरन्तर काठमाडौं महानगरका प्रमुख बालेन शाहसँग छलफलमा जुटेका छन् ।

शाहसँग बुधबार भेटेका एक गैरराजनितिक ब्यक्तिले सिरोहियाको राजनितीमा आउने तीब्र इच्छा बारे जानकारी दिए । बुधबारको भेटघाटमा अर्का संचारकर्मी सुरजसिङ ठकुरीसँग सिरोहिया कुपोन्डोल पुगेको उनको दाबी छ ।

उनकाअनुसार सिरोहिया यहीँ निर्वाचन मार्फत चुनाव लडेर साम्सद बन्न चाहन्छन । जसका लागि बालेनले नेतृत्व गर्ने तयारी गरेको देश बिकास पार्टी उपयुक्त हुने उनको बुझाइ छ ।

शाहसँग लामो समयदेखि नजिक रहेका एक सहकर्मीले पनि सिरोहिया-शाहबीचको भेट पुष्टि गरे । बुधबार धेरै राजनिती दल, पत्रकार, उधमीसगको भेटमा सिरोहिया पनि भएको र एउटै राजनितीक दलमा सहकार्य गर्ने बारे  छलफल भएको बताए । उनके बुधबार मात्रै नभएर अन्य समयमा पनि निरन्तर भेट हुने गरेको जानकारी दिए

‘बुधबारको छलफल उहाँहरू संगै राजनितीमा हिड्ने मै केन्द्रीत रह्यो , वान टू वान छलफल भएको हुँदा बाँकी डिटेल्स कुरा थाहा हुन सकेन ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *