सर्लाही, १३ पुष ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह संसदीय निर्वाचनमा सहभागी हुने भएका छन् । आइतबार रास्वपासँग सहमति गरेका बालेन प्रधानमन्त्रीको दाबेदारको रुपमा उभ्याएका छन् ।

सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्दै छ । उक्त निर्वाचनमार्फत् रास्वपा संसदीय दलको नेता र प्रधानमन्त्री बालेन हुने आइतबारको सम्झौतामा उल्लेख छ ।

बालेन र रास्वपा सभापति रवि लामिछानेले गरेको ७ बुँदे सहमतिको चौथो बुँदामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ उल्लेख छ ।

रवि र बालेनको सहमतिपछि मेयरबाट बालेनले राजीनामा दिने तयारीको रुपमा बुझिन्छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी माघ ६ गते मनोनयन दर्ताको कार्यसूची छ । यसअघि नै बालेनले मेयरबाट राजीनामा दिनुपर्ने हुन्छ ।

बालेनले राजीनामा दिएपछि रिक्त हुने काठमाडौं महानगरको मेयरमा रविको सहोदर दाइ हरिशरण लामिछानेले आइतबार उम्मेदवारी घोषणा गरेका छन् ।

भाइ रवि र बालेनबिचको ७ बुँदे सहमतिपछि आइतबार बिहान ५ः३९ बजे सामाजिक सञ्जाल फेसबुकमा हरिशरणले लेखेका छन्, ‘दुई भाइको सम्झौताप्रति सम्मान र खुसी ब्यक्त गर्दै काठमाडौ महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँद छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *