सर्लाही, १३ पुष । २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने समय आइतबार र सोमबारका लागि तोकिएको छ ।
राजनीतिक दलहरूले आइतबारभन्दा सोमबार रोजेका छन् । आइतबार अपराह्नसम्म तीन दल मात्र प्रक्रियाका बारेमा बुझ्न आयोग पुगेका छन् ।
नेपाल मजदुर किसान पार्टी आइतबार बिहानै ८ बजे निर्वाचन आयोग खुल्ने भन्ने सूचना पाउनेबित्तिकै ८ बजे नै आयोग पुगेका थिए ११० जना । एक जनाको कागजातमा समस्या आएको छ ।
उम्मेदवारहरूको निसा बुझाउनुपर्ने भएकाले नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिमार्फत निस्सा र प्रक्रियाका बारेमा बुझेर कागजात लिएर गएको छ ।
अन्तिम समयमा बन्दसूची बुझाउन पुग्ने राजनीतिक दलहरूको पुरानै समस्या हो । त्यसमा पनि नेपाली कांग्रेसले बन्दसूची बुझाउने म्याद पनि थप्न आग्रह गर्दै आएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सर्वदलीय बैठकका पनि कांग्रेस सभापति शेरबहादुर देउवाले बन्दसूची बुझाउने समय अपुग हुने कुरा राखेका थिए ।
सोभन्दा अगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सर्वपक्षीय छलफलमा पनि कांग्रेसका प्रतिनिधि सहमहामन्त्री महेन्द्र यादवले समानुपातिकतर्फको बन्दसूची बुझाउने समय राजनीतिक दलहरूलाई अपुग हुने कुरा बताएका थिए ।
यता निर्वाचन आयोगलाई पनि बन्दसूची बुझाउने समय थप्नका लागि राजनीतिक दबाब छ । तर, आयोगले यसलाई मानेको छैन । ‘हामीलाई प्रेसर छ । तर, निर्वाचन आयोगको तालिका नै एकदमै टाइट छ । त्यसमा तलमाथि गर्न सकिने अवस्था नै छैन । यदि बन्दसूची बुझाउने समय थप्ने हो भने २१ फागुनको मितिसमेत सार्नुपर्ने हुन्छ,’ भन्यो ।
