सर्लाही, १५ पुष । भारतको उत्तराखण्ड राज्यमा पर्ने अल्मोडा जिल्लामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

सल्ट–भिकियासैंण क्षेत्रमा मंगलबार बिहान भएको सडक दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

द्वाराहाटबाट रामनगर जाँदै गरेको बस खेलापानी नामक स्थानमा दुर्घटनामा परेको अल्मोडा जिल्लाका आपदा प्रबन्धन अधिकारी विनीत पालले जानकारी दिए । बस सडकदेखि १५० मिटर मुनि खसेको थियो ।

उनका अनुसार बसमा १९ जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *