सर्लाही, १६ पुष । आउंदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि विभिन्न दलसहित कांग्रेसले पनि समानुपातिक सूची बुझाएको छ ।

११० जना उम्मेदवार मध्ये मधेश प्रदेशबाट २० जनाको नाम सूचीमा समावेश गरिएको छ । जसमध्ये पूर्व राष्ट्रपति डा. रामवरण यादवका पुत्र डा. चन्द्रमोहन यादवको नाम दोहरिएको छ ।

दोहरिएको नाम हटाउंदो मधेश प्रदेशका ८ जिल्लाबाट १९ जनाको नाम विभिन्न समूहबाट परेको छ । कांग्रेसले बुझाएको सूची अनुसार धनुषाबाट ६, महोत्तरीबाट २, सप्तरीबाट ३, सिरहा, सर्लाही, पर्साबाट १/१ जना, रौतहटबाट २ बाराबाट ३ जनाको नाम सिफारिस भएको छ ।

सूची विवरण अनुसार धनुषाबाट डा. चन्द्र मोहन यादव, मनहरी श्रेष्ठ, रामसुन्दर महरा, परमिला महतो, औरमिला यादव, रामानन्द चौधरी (ललन), महोत्तरीबाट कंचनकुमारी पासवान, निनु कर्ण, सप्तरीबाट कविता यादव, चन्दन झा, महेन्द्र यादव, सिरहाबाट उषा राउत मिश्र, सर्लाहीबाट मो. अन्सार खाँ, पर्साबाट सुजाता देवी, बाराबाट रामनरेश कुशवाहा, राजेन्द्र अग्रवाल, प्रियंका दास र रौतहटबाट सहनाज खातुन, सीता थपालिया रहेका छन् ।

नेताको नातेदारहरुको पनि नाम नेपाली कांग्रेसले नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको सन्तानको नाम समेटिएको छ ।

निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा डा यादवका छोरा चन्द्रमोहन र रामचन्द्रकी छोरी संज्ञा पोखरेल पौडेलको नाम राखिएको हो ।

यस अगाडि समानुपातिकमा रहेकाहरूलाई यस पटक समावेश गरिएको छैन । तर अबको निर्वाचनमा उम्मेदवार बन्दिन भनेर सार्वजनिक घोषणा गरेका नुवाकोटका नेता अर्जुन नरसिंह केसी पनि समानुपातिक सूचीमा अटेका छन् ।

उनी महामन्त्री गगन थापाका ससुरा हुन् । केसीको नाम समानुपातिक सूचीमा राखेकोमा अहमती जनाउँदै थापाले सामाजिक सञ्जालमा लेखे ,’।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु,यो मेरो चाहना विपरीत हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरीतको निर्णय हो ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *