सर्लाही, २१ पुष । सर्लाहीकाे पर्सा गाउँपालिका–२ स्थित संग्रामपुरमा चेकजाँच गर्ने क्रममा प्रहरीले बेवारिसे अवस्थामा रहेको ठूलो परिमाणको माछा बरामद गरेको छ ।
प्रहरी टोलीले चेकजाँच गरिरहेका बेला मोटरसाइकलमा माछा लोड गरी ल्याइरहेको अवस्थामा प्रहरीलाई देखेपछि मोटरसाइकल चालकले करिब ५५ केजी तौल र मूल्य करिब २० हजार रुपैयाँ बराबरको माछा सोही स्थानमा छोडी फरार भएका थिए ।
बेवारिसे अवस्थामा फेला परेको उक्त माछालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्राङ्गणमा खाल्डो खनी गाडेर नष्ट गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

