सर्लाही, २८ पुष । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान ८ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस कायम भएको हो । 

यसअघि आजै बिहान ५.४५ बजेको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सयस देखिएको थियो । सबैभन्दा तल पुगेको तापक्रम नै सम्बन्धित दिनको न्यूनतम तापक्रम हो । 

हिजो आइतबार भने काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *