सर्लाही, २८ पुष । नेकपा एमालेले शुक्रबार राजधानी प्रदेश घोषणा गर्ने भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शुक्रबार एक  समारोहको आयोजना गरी राजधानी प्रदेश संगठन कमिटी घोषणा गर्न लागेको हो । 

एमालेको सचिवालय बैठकले नारायण सिलवाल  (काठमाडौं)को नेतृत्वमा ५ सदस्यीय पदाधिकारी रहेको राजधानी प्रदेश संगठन कमिटीको गठन गरेको छ ।

पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर ), सचिव मिलन धरेल (उपत्यका विशेष), उपसचिवद्वय शशिजंग थापा (भक्तपुर), वेलिमाया घले (काठमाडौं) रहेका छन् ।

एमालेको संशोधित पारित विधान अनुसार काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला र उपत्यका विशेषअन्तर्गतका ४ जिल्लाको नेतृत्व गर्ने गरी राजधानी प्रदेश संगठन कमिटी गठन भएको हो ।

राजधानी प्रदेश संगठन कमिटी अन्तर्गतका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेश कमिटीका सदस्यहरू र उपत्यका विशेष कमिटीका पदाधिकारी र सदस्यहरू राजधानी प्रदेश संगठन कमिटीका सदस्य रहनेछन् । 

यसैगरी एमालेले बागमती प्रदेश संगठन कमिटी, सम्पर्क विशेष संगठन कमिटी, पार्टी नियमावलीमा संशोधन कमिटी पनि गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *