सर्लाही, २८ पुष । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान ८ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस कायम भएको हो ।
यसअघि आजै बिहान ५.४५ बजेको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सयस देखिएको थियो । सबैभन्दा तल पुगेको तापक्रम नै सम्बन्धित दिनको न्यूनतम तापक्रम हो ।
हिजो आइतबार भने काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस थियो ।
