सर्लाही, ०२ माघ । जिल्ला निर्वाचन कार्यालय, सर्लाहीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि सर्लाही जिल्लामा कायम भएका मतदान स्थल, मतदान केन्द्र तथा मतदाता संख्याको विवरण सार्वजनिक गरेको छ ।

कार्यालयका अनुसार सर्लाही जिल्लामा जम्मा ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । ती क्षेत्रमा २०० वटा वडा समेटिँदा कुल ३१२ मतदान स्थल र ६२८ मतदान केन्द्र कायम गरिएको छ ।

मतदाता संख्याका आधारमा सर्लाही जिल्लामा कूल ५ लाख ११ हजार ६ सय ६ जना मतदाता रहेका छन् । तीमध्ये पुरुष मतदाता २ लाख ७८ हजार ८ सय ३७, महिला मतदाता २ लाख ३२ हजार ७ सय ५८ र अन्य ११ जना रहेका छन् ।

निर्वाचन क्षेत्रगत विवरण अनुसार निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३० हजार ८ सय ७१ मतदाता रहेका छन् । यस क्षेत्रमा ४९ वडा, ७८ मतदान स्थल र १५७ मतदान केन्द्र रहेका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा १ लाख २५ हजार ३ सय ११ मतदाता कायम छन् भने यहाँ ४९ वडा, ७७ मतदान स्थल र १५८ मतदान केन्द्र रहेका छन् ।

निर्वाचन क्षेत्र नं. ३ मा सबैभन्दा धेरै १ लाख ३४ हजार ४ सय १२ मतदाता रहेका छन् । यस क्षेत्रमा ५१ वडा, ७६ मतदान स्थल र १५९ मतदान केन्द्र रहेका छन् ।

निर्वाचन क्षेत्र नं. ४ मा १ लाख २१ हजार १२ मतदाता रहेका छन् भने ५१ वडा, ८१ मतदान स्थल र १५४ मतदान केन्द्र कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *