सर्लाही, ०४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।

केन्द्रीय समिति बैठक अघि रास्वपाका वरिष्ठ नेता बालेन शाह पहिलो पटक केन्द्रीय कार्यालय प्रवेश गर्दै छन् । उनको स्वागत तथा शपथपछि बैठक बस्ने रास्वपाले जनाएको छ । 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।

केन्द्रीय समिति बैठक अघि रास्वपाका वरिष्ठ नेता बालेन शाह पहिलो पटक केन्द्रीय कार्यालय प्रवेश गर्दै छन् । उनको स्वागत तथा शपथपछि बैठक बस्ने रास्वपाले जनाएको छ । 

आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल केन्द्रित हुने बताइएको छ । पार्टीबाट प्रत्यक्षतर्फका उम्मेदवार चयनबारे बैठक निष्कर्षमा पुग्ने छ ।

१६५ निर्वाचन क्षेत्रमै आकांक्षी उम्मेदवारको संख्या बढेपछि रास्वपाले बैठकमार्फत नै उम्मेदवार चयन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *