सर्लाही, ११ माघ । नगर अस्पताल बरहथवामा शल्यक्र्रिया (अप्रेसन) सहितको प्रसूति सेवा सुरु गरिएको छ ।

बरहथवा नगरपालिका कार्यालयले प्रसूति तथा स्त्री रोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट तथा अन्य आवश्यक प्राविधिक जनशक्तिको नियुक्ति र उपकरणको प्रवन्ध मिलाई सिएस सेवा सुरु गरेको हो ।

नगर अस्पतालको बर्थिङ सेन्टरबाट यसअघि सामान्य किसिमको प्रसूति सेवा मात्र प्रदान हुने गरेको थियो ।

स्थानीय गर्भवतीले अब जटिल अवस्थामा आफ्नै ठाउँमा शल्यक्र्रियामार्फत प्रसूति सेवा प्राप्त गर्ने भएका छन् ।

अब बरहथवा नगरपालिकासहित छिमेकी बागमती नगरपालिका, बसबरिया गाउँपालिका, धनकौल गाउँपालिका, हरिपुर नगरपालिकालगायत पालिकाका गर्भवतीले नगर अस्पताल बरहथवामै निःशुल्क रुपमा शल्यक्र्रियासहितको प्रसूति सेवा प्राप्त गर्न सक्ने छन् ।

नगर अस्पतालबाट स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्न पछिल्लो पटक नगरपालिकाबाट नियुक्त गरी विशेषज्ञसहित छ जना चिकित्सक, अन्य स्वास्थ्यकर्मी र प्राविधिकहरुले सेवा प्रदान गरिरहेका अस्पतालका इन्चार्ज नरेन्द्रकुमार साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *